राजनीति

परिचयपत्रबिना कसैलाई घर-कोठा भाडामा नदिनू : गृह मन्त्रालय


काठमाडौँ – गृह मन्त्रालयले परिचयपत्र बिनाका कसैलाई पनि घररकोठारअपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौँ ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो । गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ ।