राजनीति

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै, बाढी पीडितलाई राहतको घोषणा गर्ने तयारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्नेछ ।
सुदूरपश्चिम र प्रदेश १ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो ।
आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बताइएको छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाही पनि छलफलको एजेण्डा रहेका छन् ।