राजनीति

बार एसोसियसनले बोलायो पदाधिकारीको आकस्मिक बैठक


काठमाडौँ – नेपाल बार एसोसियसनले आज १२ बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । महासचिव लिलामणि पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) का विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई पनि आमन्त्रण गरिएको थियो । खासै प्रयोग नहुने यो अभ्यास प्रधानन्यायाधीश जबराले थालेपछि यसलाई लिएर टीकाटिप्पणी सुरु भएको छ ।