राजनीति

एमाले महाधिवेशनको उद्घाटन र बन्द सत्रको स्थान तय


काठमाडौँ – एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढमा र बन्द सत्र सौराहामा गर्न प्रस्ताव गरिएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि चितवन जिल्ला कमिटीले दुई स्थान सिफारिस गरेको हो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरु भएको बताउनुभयो । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उहाँले बताउनुभयो । सर्वसाधारणलाई सहज हुने गरी स्थान सिफारिस गरिएको उहाँको भनाइ छ । यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गरिएको छ ।