काठमाडौँ – अमेरिकाले नेपाललाई अनुदानमा दिएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । खोप सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
उक्त खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने भएको छ । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ ।
नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ ।
प्रतिक्रिया