राजनीति

देउवाले पार्टीलाई बेथितिमा राखे : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाउनुभएको छ । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काँग्रेसलाई बेथितीमा राखेको आरोप लगाउनुभएको हो ।

पार्टी सभापति देउवा काँग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भईरहेको उहाँले आरोप थियोे । नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ति गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउनुभयो ।
आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहको आरोप थियो ।