राजनीति

२४ घण्टामा नेपालमा ५५७ मा कोरोना पुष्टि, ३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ६२५ पीसीआर परीक्षणमा ५५७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ११ हजार तीन सय ४८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै यसै समय अवधिमा ८७७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै,काठमाडौँ उपत्यकाभित्र २०९ जनामा संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौँमा १५९,भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित रहेका छन्।