राजनीति

प्रदेश १ मा विश्वासको मतको प्रस्तावमा आज टुंगो लाग्ने


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावको आज टुंगो लाग्ने भएको छ । आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको प्रस्ताव आज मत विभाजन प्रक्रियाबाट टुंग्याउन लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी गराएर विश्वासको मतको प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने तयारी रहेको छ । एकल बहुमत रहेको एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुभएको छ । विपक्षी गठबन्धनसँग मुख्यमन्त्रीका लागि आवश्यक मत रहेको छ । गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।