राजनीति

प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुने भएको छ । प्रधानमन्त्रीको टोलीमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ रहने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

टोलीले इलाम र पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै‚ इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको छ । यस्तै, सुनसरीको पकलीस्थित ब्यारेकमा सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम रहेको छ ।