राजनीति

प्रदेश १ मा मुख्यमन्त्रीको फैसला भोलि, पाउलान् त भीम आचार्यले विश्वासको मत ?


काठमाडौँ – कुनै बेला संघ सहित ४ वटा प्रदेशको नेतृत्व गरेको नेकपा एमाले अहिले पूर्ण प्रतिपक्षमा पुगेको छ । पार्टी विभाजनपछि एकल बहुमत भएको वाग्मती प्रदेश र प्रदेश नम्बर एकमा समेत एमाले अल्पमतमा छ । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित छ । यससँगै एमाले पूर्ण रुपमा सरकारबाट बाहिरिनेछ । विकास र समृद्धिको नारा बोकेर गठबन्धन सहित जनतामा गएका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र झन्डै दुई तिहाई बहुमत पाएपछि पार्टी एकिकरण सहित नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन गरे ।

जनमत सहित मुलुकको शतिmशाली पार्टी बनेको नेकपाले झन्डै तीन वर्ष सत्ता सञ्चालन गर्यो । सरकार सहित पार्टीको समेत जिम्मेवारी सम्हालेका ओलीको एकल शासन पद्धति विरुद्ध पार्टीभित्रै विरोधको आवज बुलन्द हुन थाल्यो । तत्कालिन नेकपाभित्रको विवाद यति भयङकर बन्यो पार्टीको आन्तरिक विवादकै कारण ओलीले पटक पटक संसद विघटन गरे । संघमा दुई तिहाई बहुमत सहितको सरकारको अस्तित्व समाप्त गरे । सर्वोच्चको निर्णयसँगै माओवादी केन्द्र पुरानै स्वरुपमा फर्कियो भने एमालेले फुट वेहोर्यो ।

तत्कालिन समयमा केन्द्रदेखि ६ वटा प्रदेशमा नेकपाको सरकार बनाउन सफल आली अहिले पूर्ण प्रतिपामा पुगेका छन् । एमालेले वाग्मती प्रदेश र प्रदेश नम्बर एकबाट पनि सरकार गुमाउने अवस्थामा पुगेको छ । वाँकी रहेका दुई प्रदेशमा पनि अल्पमतमा परेकोले अबको केहि दिनभित्र एमाले पूर्ण प्रतिपक्षमा हुने निश्चित छ । आइताबार प्रदेश १ र कात्तिक १० मा वागमती प्रदेश सरकारको अन्तिम फैसला हुने निर्धारित तालिका छ । एमालेको प्रतिगमनकारी कित्तामा उभिएकोले बागमति प्रदेशमा शाक्यलाई साथ दिन नसकिने मुख्यमन्त्रीका दावेदारहरुको तर्क छ ।

जनमतको ठाडो अपमान गरेर आफै सत्ताच्यूत भएका ओली सहित सबै नेता कार्यकर्ता आगामी निर्वाचनमा ठुलो शतिm बन्ने दावी गर्दै आएका छन् । अहिले संिवधान र संसददिय प्रणाली र अदालतले आफूहरुलाई कमजोर बनाएको भए पनि पुन जनमतबाट सत्तापक्ष बन्ने दावी नेकपा एमालेका नेताहरुको ठोकुवा छ ।

जनमतको ठाडो अपमान गर्दै आफ्नो राजनीतिक प्रतिशोध पुरा गर्न संसद विघटन गर्दै सत्ताको बलि चढाएका ओलीकै कारण चारबटा प्रदेशको नेतृत्वले पनि हात धुन बाध्य बनेका छन् । एमालेले यसलाई स्वीकार गरे पनि ओली भने आफ्नो कमजोरीको कारण नभइ विदेशी शक्ति केन्द्रको कारण नेकपा फुटेको र एमाले प्रतिपक्षमा पुगेको भन्दै ढाटछोपमा लागिरहेका छन् । कमजोरी र गल्ती नस्वीकार्ने ओलीको शैलीले एमालेले थप क्षति वेहोनुपर्ने अवस्था आउन सक्ने राजनीतिक विष्लेषकहरु बताउँछन् ।