समाचार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ११ पुग्यो, ३३ जना अझै बेपत्ता


काठमाडौँ – कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् । साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।