राजनीति

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् ।

एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।

उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो । यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ ।