राजनीति

१० बुँदे कार्यान्वन गराउन नसक्दा भीम रावलले दिए राजीनामा


नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।