राजनीति

न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने पूर्वन्यायाधीश फोरमको माग


काठमाडौँ – पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकपछि अर्को विवादमा परेकोले न्यायपालिकाको गरिमा जोगाउन निकास दिनुपर्ने माग गरेको छ ।

फोरमले छैठौं साधारण सभाका क्रममा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण प्रस्तुत गर्दै जबराले निकास नदिने हो भने उनीमाथि निष्पक्ष छानबिन गर्न प्रतिनिधि सभालाई आह्वानसमेत गरेको छ ।
मन्त्रिपरिषदमा भागबण्डा खोजेको प्रकरणलगायत विषयमा विवादित बनेका जबराले स्वयं निकास दिनुपर्ने फोरमले जनाएको छ ।