देश

‘आपने लोट्री जिता हें’ भन्दै भारतीयले नेपाली लुट्दै


काठमाडौँ – तीन नाबालक छोरी र पत्नीलाई नेपालमा छाडेर आजको भोलि सोमालिया उडेका ३६ वर्षीय ओमबहादुर निरौला फेरि कहिल्यै नेपाल फर्र्किएनन् । सोमालियाको सामुद्रिक क्षेत्रमा माछा मार्ने चिनियाँ पानी जहाजमा बिरामी परेका ओमबहादुर व्यथाले छटपटाइ रहे । चिनियाँ कम्पनीका अधिकारीहरुले एक नेपाली बिरामी परेर छटपटाइरहँदा उपचार गर्न समेत आवश्यक ठानेनन् । खुट्टा सुन्निएको, व्यथा बढ्दै जाँदा पेटसमेत सुन्निएको थियो । समयमा उपचार पाउन सकेको भए ओमबहादुरको ज्यान जाने थिएन । तर अफ्रिकी मुलुक सोमालियाको समुद्रमा चिनियाँहरुको अरन खटनमा परेका ओमबहादुरले अकालमा ज्यान गुमाए ।

ज्यानै गुमाउनु पर्ने खालेको कुनै रोग थिएन । सामान्य औषधि र खानपान मिलाउने प्रबन्ध गरिएको भए उनी बाँच्ने थिए । कुनै दुर्घटना वा सामुद्रिक आँधी तुफानमा पनि उनी परेका थिएनन् । चिनियाँहरुले मन चिसो नपारी एक नेपालीमाथि अलिकति दया राखिदिएको भए आज, ओमबहादुर आफ्ना छोराछोरी र पत्नीसँगै हुने थिए ।

गएको फागुन महिनामा ओमबहादुर सोमालिया पुगेका थिए । रामलाल दराई नामका एजेन्टले अवैध रुपमा ओमबहादुरलाई महिनाको ५७ हजार रुपैयाँ तलब हुन्छ भन्दै सोमालिया पठाए । चिनियाँ कम्पनीका लागि हङकङ हुँदै सोमालिया लैजाने स्थानीय एजेन्टहरुले नेपालमा अवैध रुपमा काम गरिरहेका छन् । उनीहरुले कामदारको बीमा, श्रम स्वीकृति, आवश्कय काजगात, सुरक्षाको प्रबन्ध केही पनि नगरी सिधा सिधै मानव तस्करीकै रुपमा काम गर्दै आएका छन् । तिनै मानव तस्करको फेला ओमबहादुर परेका थिए ।