देश

कार्तिक ९ देखि हस्तकला मेला लाग्ने


काठमाडौँ – नेपाल हस्तकला महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताउनुभयो । उहाँले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताउनुभयो ।