समाचार

जिम्मेवार भएर बेपत्ता छेतेनको खोजीमा लाग्न आग्रह


काठमाडौँ – मेरापिक आरोहण गरी फर्कने क्रममा विरामी परेका आरोही छेतेन शेर्पा तीन दिन देखि अझै बेपत्ता छन् । सँगै गएका गाइडका कारण शेर्पा हराएको भन्दै परिवारले दोषीलाई कारवाही गरी छेतेनको खोजी गर्न माग गरेका छन् ।

शेर्पा इभेन्ट अरगनाइजरको स्याव्रु नृत्यका लागि छेतेन मेरापिक गएका थिए । हिमाल आरोहणको व्यवस्थापन जिम्मा लिएको ट्रेकिङ कम्पनीले कम्जोर र अनुभव विनाका गाइड खटाएको भन्दै तत्काल जिम्मेवार भएर खोजीमा लाग्न पासाङ निमा शेर्पाले अनुरोध गरेका छन् ।