समाचार

पतिको विदेशमा ज्यान गयो, स्वदेशमा पत्नीको २४ लाख हरिबोलले खाए


काठमाडौँ – समाजमा शान शौकत देखाएर हिँड्ने, आकाश पातालका कुरा गर्ने तर गरिबलाई बिचल्ली पारेर तिनको जायजेथा सिध्याइ दिने गरी आर्थिक अपराधका कर्म गर्नेहरु जता पनि छन् । काठमाडौंको टोखामा बस्ने हरिबोल केसी नामका व्यक्तिले एक अबला नारीको साढे २४ लाख रुपैयाँ खाएका छन् । पैशा माग्न जाँदा धम्क्याउँदै भन्छन् – गएर अदालतमा मुद्दा हाले हुन्छ । तर पैशा चाहिँ तिर्दिनँ । यो हेरौं ।

सरिफ घर परिवारमा त अरुलाई रुवाएर घर आउन खोज्ने छोरालाई आमाले, पत्नीले र छोराछोरीले समेत छिछि दूरदूर गर्छन् । हरिबोलको घरमा खै के छ कुन्नी । सायद परिवारले नै लाज पचाइ सक्यो कि ? सबैले इज्जत फालिसकेका हुन् ? हैन भने गरिबलाई रुवाएर समाजमा निर्धक्क हिँड्न कस्तो लाज नभएको ?