राजनीति

प्रचण्डले लिए जिपलाइनको मज्जा


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिनुभएको छ ।
पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका उहाँले आफैँले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ ।