काठमाडौँ – केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुलेटिनअनुसार आज दिउँसो मौसम प्रदेश न १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । साथै प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका पनि एक दुई ठाउँमा आज राति मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बिहानी बुलेटिनमा उल्लेख छ ।
खासै वर्षाको सम्भावना नरहे पनि महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ स् प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ ।
प्रतिक्रिया