काठमाडौँ – आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ । त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन् । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट अभ्यास थालेको छ । २४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन । नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका तयारी थालेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका २४ खेलाडीलाई समावेश गरेर मुख्य प्रशिक्षक जगत टमाटाले युएईमा हुने छनोट प्रतियोगिताको अभ्यास आरम्भ गरेका हुन् । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीले फिटनेसका लागि विशेष ध्यान दिइएको छ । विभिन्न तीन क्षेत्रमा गरिएको छनोट पश्चात अभ्यास काठमाडौंमा केन्द्रित बनेको छ । घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समय देखी क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकप सम्म पु¥याउने लक्ष्यका साथ मिहिनेत गर्न खेलाडी आतुर रहेका मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।
एसियाली छनोटमा ८ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता जनाउने छैन । चीन बाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन् । टोलीमा अहिले युवा र अनुभवि खेलाडीको संयोजन रहेको छ । नयाँ खेलाडीको आगमन र देशलाई विश्वकप सम्म पु¥याउने पाका खेलाडीको आकांक्षा गर्दा टोली कडा मिहिनेत गर्नेछ । त्यसो त प्रतियोगितामा सहभागि भएका टोलीसँग यस अघि नेपालले प्रतिस्पर्धा गरेर सुखद नतिजा पनि निकालेको छ । नतिजा निकाल्दै अनुभव लिइसकेकाले अघिल्लो चरण पुग्नका लागि नेपाललाई मौका हुने छ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ ।
क्यानले छनोट खेल अघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ । दुई वर्ष देखी अन्तर्राष्ट्रिय खेलमा सहभागि हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेल अघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्न अपेक्षा राखेको छ ।
प्रतिक्रिया