खेलकुद

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ६९ औं स्थानमा, शीर्ष स्थानमा बेल्जियम यथावत्


काठमाडौँ – नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता एक स्थान खस्किएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो । हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको छ । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।