समाचार

गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाइते


काठमाडौँ – गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।

आरुघाट गाउँपालिका १ माझगाउँमा गएराति करिब १२ बजे बा५ख १२३१ नम्बरको ट्रक मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामामा धादिङको गंगाजमुना गाउँपालिका घर भएका ट्रक चालक मनोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आरुघाटकै राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । आरुचनौटे स्वास्थ्य चौकीमा उपचार गराइरहेका उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।