राजनीति

जनताले नै चुनेर कार्यकारी राष्ट्रपति छानौँ, सांसदलाई मन्त्री नबनाऔँ : आशोक राई (भिडियोसहित)


काठमाडौँ – देशमा निर्वाचनको माहोल प्रवेश गर्नेछ । यससँगै भड्किलो र महंगो निर्वाचन पद्धतिलाई व्यवस्थित गर्न सबै तहको निर्वाचन एकैपटक गर्ने विषयमा बहस सुरु भएको छ ।सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै राजनीतिक वृत्तमा अर्ली इलेक्सनको चर्चा बढ्दो छ ।

यस विषयमा केही सत्तारुढ दलहरु भने तर्किने गरेका छन् । सरकारले निर्धारित समयमा चुनाव गर्छ वा छिटो भन्ने अन्योलता कायमै छ । तर सत्तारुढ दलसँगै सबै राजनीतिक दलहरुले पार्टीको आन्तरिक गतिविधिलाई निर्वाचन केन्द्रीत बनाउँदै आएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस पार्टीको महाधिवेशनमा व्यस्त छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले कार्तिक ६ गतेबाट वडा अधिवेशन गर्दैछ भने नेकपा माओवादी केन्द्रले तल्लो तहको सम्मेलनको तयारीमा छ । नव गठित एकिकृत समाजवादी, जनता समाजवादी लगायतका सबै राजनीतिक दलहरु संगठन विस्तारमा सक्रिय छन् । आगामी निर्वाचनमा जनमत सहित शतिmशाली बन्न दलहरुको होडवाजी सुरु भएको छ ।

आसन्न निर्वाचनको पूर्वसध्यामा चुनाव खर्च कम गर्न तीनै तहको निर्वाचन एकै पटक गर्ने बारे राजनीतिक दलभित्र साथै सरोकारवालाबीच विमर्श सुरु भएको छ । यो विषयलाई दलहरुले समेत चासो दिएको पाइएको छ । प्रस्तुत छ, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईसँग आगामी निर्वाचनको योजनाबारे योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीसँग गरिएको कुराकानी :