समाचार

बाढिपहिरोबाट जनता बचाउन सेना फिल्डमा, संकटको सारथी सुरक्षाकर्मी


काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन थालेको छ भने कयौं परिवारले आफ्नो परिवारका सदस्य आफन्तजन गुमाएका छन । आफ्नो बासस्थान गुमाएका छन । गाँस, बास र कपासको बेटुंगो बनेको छ । यस्तो बेला कसरी हुँदैछ त उद्धार कार्य ?

जबजब देशमा विपत्ति र संकट आइपर्दछ, तबतब आम नेपालीले सम्झने नेपाल प्रहरी र नेपाली सेना नै हो । चाहे भूकम्पको पीडामा होस चाहे बाहि पहिरो वा कोरोना संकट । नेपाली जनताले आँट र भरोसाको साथी पाएको भनेकै नेपालका सुरक्षाकर्मीबाट हो । देश फेरि एक पटक प्राकृतिक विपत्तिमा परेको छ र आम जनताले नेपाली सेना र सुरक्षाकर्मीलाई नै सम्झीएका छन् ।

नेपाल प्रहरीको तथ्याङक अनुसार हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ । थाहा छैन यो संख्या कहाँसम्म पुग्छ । यो वर्ष मनसुन सकिएको एक साता पनि पुरा नुहँदै मुलुकले वेमौसमी वर्षा सहितको प्राकृतिक विपत्ति व्यहोर्नु परेको छ । वर्षाका कारण बाढी पहिरो डुवान सहित विभिन्न स्थानमा अलपत्र परेका नागरिकको उद्धार व्यवस्थापन सहित पुर्नस्थापनामा नेपाली सेना सहित नेपाल प्रहरी सशस्त्र प्रहरी बल खटिएका छन ।

यतिबेला नेपाली सेना हेलीकोप्टर लिएर गाउँ गाउँमा जनताको उद्धारका लागि खटिएका छन् । असली सारथी बनेर नेपाली सेना जनताको जीउधन रक्षार्थ खटिएका हुन् । सर्वसाधरणको ज्यान मात्र नभई, उनीहरुको सरसामान, चौपाया सबैको उद्धार भईरहेको नेपाली सेनाले जनाएको छ ।

सेनाका अलाबा सशस्त्र र जनपद प्रहरी पूर्ण रुपमा खटिएका छन् । सरकारले भारी वर्षाका कारण क्षति व्यहोर्नु परेको नागरिकलाई नि.शुल्क उपचार सहित परिवारको संख्या हेरेर १५ देखि २० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्राकृतिक विपत्त बाजा बजाएर पक्कै आउँदैन । तर यसको पूर्वनुमान भने पक्कै गर्न सक्न्छि । विपतका बेला खटिनका लागि नेपाली सुरक्षाकर्मीहरुलाई आवश्यक पूर्वाधारबाट भरिपूर्ण बनाउन जरुरी छ । श्रोतसाधनको थप व्यवस्थापनका लागि सरकार थप गम्भीर बन्ने की ?