देश

राष्ट्रपति भण्डारीद्वारा भक्तपुर स्थित नवदुर्गाकोे दर्शन


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर स्थित नवदुर्गाकोे दर्शन गर्नुभएको छ । दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई विदाई गरिने परम्परालाई निरन्तरता दिदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गर्नुभएको हो ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले मंगलबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गर्नुभयो । उक्त अवसरमा नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए ।