काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १९२, भक्तपुरमा २३ र ललितपुरमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घन्टामा मुलुकभर थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या १३ जना रहेको छ ।
प्रतिक्रिया