काठमाडौँ – भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बाढीमा अझै केही हराइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बिबिसीका अनुसार बाढीपहिरोका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने सडक जलमग्न भएका छन् । बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
मौसम विज्ञान केन्द्र, उत्तराखण्डद्वारा रेकर्ड गरिएको आँकडाअनुसार यो उत्तराखण्डको कुमाउँ क्षेत्रमा पछिल्लो १२४ वर्षमा अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो । पर्यटकहरूको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखण्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तनलाई मुख्य कारण मानेका छन् ।
प्रतिक्रिया