राजनीति

प्रधानमन्त्री देउवा बाढीग्रस्त क्षेत्र अवलोकन गर्न सुदूरपश्चिम जाँदै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाने तय भएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम जान लाग्नुभएको हो । काँग्रेस नेता रमेश लेखकले सम्भव भए आजै नभए भोलि देउवा सुदूरपश्चिम जाने तय भएको जानकारी गराउनुभयो ।

लेखकले आजै देउवालाई बालुवाटारमा भेटेर बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी गराउनुभएको थियो । बाढी पहिरोका कारण ३ दिनको अवधिमा ४८ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।