राजनीति

एमालेको अधिवेशनप्रति अष्टलक्ष्मी शाक्यको असन्तुष्टि


काठमाडौँ – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनु भएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहनु भएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राख्नु भयो । आज काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिनु भएको हो । उहाँले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यक्ता औंल्याउनु भयो । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उहाँको तर्क थियो । उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिनु भयो ।