काठमाडौँ – नेपाली बजारमा आज साताको चौथौं दिन सुनको मूल्य उकालो लागेको छ । सोमबार ९१ हजार ३०० तोकिएको सुनको मूल्य बुधबार एक सय रुपैयाँ वृद्धि भएर तोलाको ९१ हजार चार सय रुपैयाँ पुगेको हो ।
छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।
मंगलबार बन्द रहेको सुनको कारोबार सोमबार पनि सात सयले बढेर ९१ हजार तीन सय पुगेको थियो । नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको छ । सोमबार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।
बुधबार चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया