देश

बाढी पहिरोमा परी मृत्यु हुनको संख्या २९ पुग्यो


काठमाडाैँ – मनसुन बाहिरिएपछि परेको अविरल वर्षाका कारण देशभर २३ जनाको मृत्यु भएको छ । तीन दिनदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन् ।
सबैभन्दा धेरै डोटीमा नौजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई र शिखर नगरपालिकामा एकजनाको मृत्यु भएको हो । यस्तै हुम्ला र धनकुटामा ६–६ जनाको मृत्यु भएको छ । बैतडीमा तीन, सुनसरी र डडेल्धुरामा दुई–दुई तथा कालिकोटमा एकजनाको मृत्युको छ । अझै केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।