बिजनेस

बैंक तथा वित्तीय संस्थाले पुनः ब्याजदर परिमार्जन गर्नुपर्ने


काठमाडौँ – गत असोजको तुलनामा कात्तिकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले पुनः ब्याजदर परिमार्जन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

तरलता अभाव रहेको भन्दै बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ब्याजदर बढाएपछि राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा बढी परिवर्तन गर्न पाउने छैनन् । गत असोजको तुलनामा कात्तिकमा बैंक तथा वित्तीय संस्थाले २५ देखि ३० प्रतिशतसम्म ब्याजदर बढाएका थिए ।