काठमाडौँ – च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगलाई ३–२ ले पराजित गरेको छ । पीएसजीको जितमा लिओनल मेसीले दुई तथा केलियन एमबाप्पेले एक गोल गरे ।
लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक–एक गोल फर्काएका थिए । जितपछि पीएसजी तीन खेलमा सात अंक जोडेर समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । यसै समूहको अर्को खेलमा म्यानचेष्टर सिटीले बेल्जियम क्लब ब्रुगलाई ५–१ ले पराजित गरेको छ । सिटीका लागि रियाद माहरेजले दुई तथा जाओ कान्सेलो, काएल वाल्कर र कोल पाल्मरले एक–एक गोल गरे । जितपछि तीन खेलबाट ६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । ब्रुग चार अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया