देश

बेमौसमी वर्षाका कारण देशभरको जनजीवन प्रभावित, १४ जनाको मृत्यु, ३४ बेपत्ता


काठमाडौँ – मनसुन बाहिरिएपछि परेको अविरल वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ । तीन दिनदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन् । सबैभन्दा धेरै डोटीमा नौजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई र शिखर नगरपालिकामा एकजनाको मृत्यु भएको हो । बैतडीमा तीन, सुनसरी र डडेल्धुरामा दुई–दुई तथा कालिकोटमा एक–एकजनाको मृत्युको छ ।