राजनीति

९ गतेको संसद् बैठक स्थगित, अर्को बैठक ११ गते


काठमाडौँ – कार्तिक ९ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गरी ९ गतेका लागि बोलाइएको बैठक ११ गते बस्ने गरी सारिएको जनाएको छ । बैठक दिनको २ बजे बस्ने छ ।

सो दिन ९९ गते० विशेष कारणबस बैठक बस्न नसक्ने भएकोले सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ११ गते बैठक बोलाएका संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को आग्रहमा बैठक सारिएको स्रोतले जनाएको छ ।