काठमाडौँ – साताको तेस्रो दिन पनि सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।
कारोबार सुरु भएदेखि नै घटेको बजार १२स् ३० बजेसम्म ७२।९ अंकले घटेको हो । यसअघि हिजो सोमबार बजार बन्द हुँदा ६९ अंकले घटेको थियो ।
आज साढे १२ बजेसम्म १७७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मात्रै बढेको छ । साढे १ घण्टासम्म कुल १ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार बाहेक सबै समूह राताम्मे भएका छन् ।
प्रतिक्रिया