राजनीति

माओवादी केन्द्रको सम्मेलनको तालिका हेरफेर


काडमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई असर नपर्ने गरी सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यता नविकरण गर्ने समय कात्तिक २५ गतेसम्मलाई थप्ने निर्णय गरेको छ । यस्तै, टोल सम्मेलन कात्तिक २७ सम्म, वडा सम्मेलन मंसिर ४ सम्म, पालिका सम्मेलन मंसिर ११ सम्म, प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदै छ । बैठकले सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मंच, लेखा आयोग र अनुशासन अयोग पनि गठन गरेको छ । अर्को बैठक आगामी बिहीबार बिहान बस्ने प्रवक्ता महराले जानकारी दिनुभयो ।