समाचार

आज मुस्लिम समुदायले धर्म गुरु मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सव



काठमाडौँ – मुस्लिम समुदायले धर्म गुरु मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाउँदै छन् ।

इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुश्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै मोहम्मद जयन्तीले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण शुभकामना दिँदै विविध धर्म र संस्कृतिको संगमस्थलका रुपमा रहेको नेपालमा सबै धर्म, संस्कृति, समुदायको उचित सम्मान र संरक्षण गर्न संविधानले पर्याप्त व्यवस्था गरेको बताउनुभएको छ ।

सरकारले मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ ।