समाचार

बेमौसमी वर्षाले जनजीवन प्रभावित


काठमाडौँ –आइतबार राती देखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो । नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावाहुरी पनि आएको छ । वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही स्थानमा अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।