समाचार

महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो, शारदा ब्यारेजमा आवागमन बन्द


काठमाडौँ – लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ ।

खतराको सतह नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शारदा ब्यारेजमा आवागमन बन्द गरेको छ । आज बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएका छन् ।