राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौँ – सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन कात्तिक तेस्रो साता ब्रिटेन जाने जानकारी गराउनुभएको थियो ।

बैठकले आवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । यस्तै विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरूलाई जनही पाँच लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।