प्रवास

सैनिक सरकारकोे विरोधमा जेल परेका ५ हजार भन्दा बढी व्यक्ति रिहा गर्ने म्यानमार सेनाको तयारी


काठमाडौँ – म्यानमारमा सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्ति रिहा हुने भएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।

एक क्षेत्रीय शिखर सम्मेलनका क्रममा म्यानमारमा हाल जारी संकटलाई कम गर्ने सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुका साथै ८ हजार भन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।