काठमाडौँ – नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका थिए । महर्जनको शवलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया