राजनीति

प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन ब्रिटेन जाने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन कात्तिक तेस्रो साता ब्रिटेन जाने हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।