देश

दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफुलको मूल्य घट्न थाल्यो


काठमाडौँ – दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुदाँ तरकारी तथा फलफुलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।

दशैंको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही बस्तुको मुल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो । दशैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो । तर, दशैं सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

समितिका उपनिर्देशक श्रेष्ठले यसबर्ष बढी बर्ष भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गर्नुभयो । यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको बताउनुभयो ।