राजनीति

ओली नेतृत्वको पार्टीले आगामी निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता गुमाइसक्यो : मेटमणि चौधरी


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिस्ट पार्टी पुनः गठन गरेको दावी गर्नुभएको छ । एकीकृत समाजवादी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पार्टीको रुपमा एकीकृत समाजवादी गठन गरेको बताउनुभयो ।

उहाँले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुसँग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी समेत गर्नुभयो । उहाँले केपी ओली पार्टीले आगामी निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता समेत गुमाएको आरोप लगाउनुभयो ।

उहाँले कम्युनिस्ट पार्टीको नाम बेचेर झापाबाट पटक–पटक निर्वाचन जित्ने केपी ओलीले अबको निर्वाचनमा झापाबाटै चुनाब जितेर देखाउन चुनौती दिनुभएको छ ।