मौसम

बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित


काठमाडौँ – आईतबार राती देखिको बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो ।

नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।