राजनीति

केपी ओली एक्लै हिँडने प्रयास गर्दा एमालेमा विद्रोह भयो : रामकुमारी झाँक्री


काठमाडौँ – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको पक्षमा काम गर्ने मौका पाउँदा पनि त्यसमा असफल भएको बताउनुभएको छ । उहाँले जनताको पक्षमा काम गर्ने मौका अध्यक्ष केपी शर्मा ओलीले जस्तो कसैले नपाएको दाबी गर्दै त्यसमा असफल भएको बताउनुभएको हो । नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताउनुभयो ।

नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उहाँले भन्नुभयो ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

त्यस्तै आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उहाँको भनाइ थियो । पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताउनुभयो ।