देश

नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै आज पनि माइतीघरमा धर्ना


काठमाडौँ – बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरु ११ दिनयता धर्नामा छन् ।
पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकार कर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् ।

न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रिय सदस्य सकिना तेलीले बताउनुभयो ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् ।